तेक्वान्दो संघ विघटन गरेको विरोधमा खेलाडी र प्रशिक्षकले गरे राखेप घेराउ (भिडिओ) – Nepal Press

तेक्वान्दो संघ विघटन गरेको विरोधमा खेलाडी र प्रशिक्षकले गरे राखेप घेराउ (भिडिओ)

काठमाडौं । नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ गरेका छन् ।

अस्तित्वमा रहेको संघलाई नियमविपरीत खारेज गरेको भन्दै उनीहरुले त्रिपुरेश्वरस्थित राखेपको कार्यालय घेराउ गरेका हुन् । राखेपले खेल र संघहरुमाथिको अतिक्रमण नीति लिएकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । खेलाडी तथा प्रशिक्षकहरुले नवौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरेका छन् ।

उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायत्ततामाथिको अतिक्रमण बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागिरी स्वीकार्य नहुने बताए ।

उनले राखेप सदस्य सचिव नै हट्नुपर्छ भन्ने आफूहरुको मुख्य माग भएको जिकिर गरे । जोशीले सबैभन्दा बढी मेडल ल्याउने खेललाई नै राखेपले पटक-पटक विवादमा ल्याउने काम गरेको आरोप लगाए ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयन गर्न भन्दै एक साताअघि तेक्वान्दोसहित उसु र बडी बिल्डिङ संघ विघटन गर्दै दर्ता खारेज गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर