पोखराको लगातार दोस्रो हार, जनकपुरको विजयी सुरूआत – Nepal Press
नेपाल टी-२० लिग

पोखराको लगातार दोस्रो हार, जनकपुरको विजयी सुरूआत

काठमाडौं । पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा विजयी सुरूआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरको ब्याटिङमा सन्दीप जोराले अविजित ४० रनको इनिङ खेले । ओपनर सागर पुन ३५ बलमा ५ चौका र १ छक्का प्र्रहार गर्दै ३८ रनमा आउट भएका थिए ।
चादविक वालटन् १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराको बलिङमा अभिमन्यू मिथुन, कप्तान शरद भेषावकर र मौसम ढकालले समान १ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २ बल बाँकी र, जहँदा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार गरेको थियो ।

पोखराका लागि ओनर आसिफ शेखले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको महत्वपूर्ण इनिङ खेले ।

सिद्दान्त लोहनीले १६ बलमा ४ छक्का प्रहार गर्दै २९ रन जोडे । अमिर हम्जाले १८ रन जोड्दा तल्लो क्रमका ब्याटर प्रतिस जिसीले १८ बलमा ४ छक्कासहित २८ रन जोढ्दै पोखराको स्कोर मजबुत बनाएका थिए । त्यसबाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा केस्रिक विलियम्सले ३.४ ओभरमा १९ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । पवन सर्राफ स्राफुदिन असरर्फ र ललित राजवंशीले समान २ विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

पोखरा पहिलो खेलमा काठमाडौं नाइट्सँग २६ रनले पराजित भएको थियो ।

जनकपुरले अर्को खेलमा बुधबार विराटनगर सुपर किङ्ससँग खेल्नेछ । पोखराले मंगलबार लुम्बिनी अलस्टार्ससँग खेल्नेछ ।

आईतबार सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई २ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर