हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौं : विश्वप्रकाश शर्मा – Nepal Press

हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ, हतारो र आवेगमा कुनै निर्णय नगर्न आग्रह गरेका छन् ।

गठबन्धनबाट सरकार बनाउँदा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि माओवादीका अध्यक्ष प्रचण्डले गठबन्धन छाडेर हिँडेपछि महामन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

प्रचण्ड अहिले एमालेसँग संवादका लागि केपी शर्मा ओली निवास बालकोटमा छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आह्वान गर्दै शर्माले लेखेका छन्, ‘हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौं । आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाको बीचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न । समयले अभिभावकत्व खोजेको छ । यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न ।’

आलोचनाबीच गठबन्धन बनाउने तर अपेक्षाको बीचमा जोगाउन नसक्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । उनले विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प नभएको प्रष्ट्याएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर