कांग्रेस लक्षित प्रचण्ड सचिवालयको टिप्पणी- कमजोर हुँदा सहमति, ठूलो भएपछि असहमति – Nepal Press

कांग्रेस लक्षित प्रचण्ड सचिवालयको टिप्पणी- कमजोर हुँदा सहमति, ठूलो भएपछि असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गठबन्धनको सबैभन्दा ठूलो घटक कांग्रेसले सहमति तोड्न खोजेपछि असन्तुष्टि जनाएको छ ।

चुनावअघि देउवा र प्रचण्डबीच नयाँ सरकारको नेतृत्व आफूले गर्ने सहमति भएको प्रचण्डले बताउँदै आएका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनितिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दु:खान्त पुनरावृत्ति हाम्रा सामु छ ।’

कांग्रेसले पनि आफू कमजोर हुँदासम्म सहमति गरेर माथि पुग्नासाथ सहमति तोड्न खोजेको आरोप लगाएको छ । यद्यपि, अहिले बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच निर्णायक छलफल चलिरहेको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेस लक्षित प्रचण्ड सचिवालयको टिप्पणी- कमजोर हुँदा सहमति, ठूलो भएपछि असहमति

  1. तिमीहरू राजनीति गर्दैनौ दलाली गर्छौ । दलाललाई त सबैले हेप्छन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर