तस्बिरमा हेनुस् क्रिसमसका लागि सिंगारिएका मलहरु – Nepal Press

तस्बिरमा हेनुस् क्रिसमसका लागि सिंगारिएका मलहरु

काठमाडौं । भोलि डिसेम्बर २५ अर्थात इसाई धर्मावलम्बीहरुको महान चाड ‘क्रिसमस डे’। संसारभरका इसाईहरुले ‘क्रिसमस डे’ धुमधामका साथ मनाउँदै छन्। पछिल्लो समय नेपालमा पनि क्रिसमसको रौनक बढदै गइरहेको छ।

बजारमा क्रिसमसको तयारी तीब्र रुपमा चलिरहेको छ। क्रिसमसका लागि सपिङ मल, कम्प्लेक्स, पसलहरु खास तरिकाले आकर्षक रुपमा सिंगारिएका छन्। धुपीको रुखजस्तै देखिने आकर्षक लाइटहरुले सजाइएको क्रिसमस ट्री, सेतो दाह्री र रातो टोपीमा सजिएको सान्टा क्लस बनाएर महका अगाडि राखिएका छन् ।

क्रिसमसको अघिल्लो दिन आज क्रिसमस इभमा सपिङ मलहरुमा राखिएका सान्टा क्रिसमस ट्रीसँग फोटो खिच्नेको भीड लागेको छ ।क्रिसमसको अवसरमा सपिङ सेन्टरहरुले आकर्षक अफर र छुटको योजनासमेत ल्याउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर