प्रचण्ड भेट्न बिहानै खुमलटार पुगे प्रकाशमान, भने- पहिलो कार्यकाल देउवालाई छाड्नुस्, दोस्रोमा तपाईं – Nepal Press

प्रचण्ड भेट्न बिहानै खुमलटार पुगे प्रकाशमान, भने- पहिलो कार्यकाल देउवालाई छाड्नुस्, दोस्रोमा तपाईं

पहिला प्रधानमन्त्री नपाए विकल्प खोज्ने प्रचण्डको संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भेटेका छन् ।

शुक्रबार बिहान दाहाल निवास खुमलटार पुगेका सिंहले प्रचण्डसँग सरकार गठनको विषयमा छलफल गरेका छन् ।

गठबन्धन दलबीच सरकार बनाउने सहमति भएपनि नेतृत्वको विषयमा सहमति बन्न सकेको छैन । चुनावी सरकारको नेतृत्व देउवाले गरेको हुनाले प्रचण्डले अब बन्ने सरकारको नेतृत्वमा दाबी गरेका छन् ।

प्रचण्डलाई मनाउन नेता सिंहले ‘पावर शेयरिङ’ का आधारमा दोस्रो कार्यकाल प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको नेता सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए ।

‘गठबन्धनको सरकार बनाउने भएपछि पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्नुहोस् । दोस्रो कार्यकतालमा तपाई प्रधानमन्त्री बन्नुस्’ सिंहको भनाइ थियो ।

तर, सिंहको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको स्रोतले बतायो । प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री नपाए विकल्प खोज्ने संकेत दिएको बताइएको छ । कांग्रेसले प्रधानमन्त्री नदिए प्रचण्डले एमालेसँगको संवादलाई अगाडि बढाउने तयारी गरेका छन् ।

बिहीबार पनि सरकार गठनको विषयमा माधव नेपाललाई साथ लिएर प्रचण्डले देउवासमक्ष आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए ।

गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीलगायका पद प्याकेजमै सहमति प्रयास जुटाउने गृहकार्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर