‘स्पोर्ट्सम्यानसीप’ बिर्सिएर जब मार्टिनेज एम्बाप्पेलाई ‘ट्रोल’ गर्न उत्रिए – Nepal Press

‘स्पोर्ट्सम्यानसीप’ बिर्सिएर जब मार्टिनेज एम्बाप्पेलाई ‘ट्रोल’ गर्न उत्रिए

काठमाडौं । अर्जेन्टिना यति बेला विश्वकप उपाधि जितेको खुसीयाली मनाउन व्यस्त छ । मङ्गलवार कतारबाट विश्वकप ट्रफी लिएर स्वदेश फर्किएको अर्जेन्टिनी टिमलाई ब्युनोस आयर्समा ४ करोड भन्दा बढी समर्थकले स्वागत गरेका थिए । र, खेलाडीहरूसँगै ३६ वर्षपछि जितेको तेस्रो विश्वकप उपाधिको खुसीयाली मनाएका थिए ।

यद्यपि, अर्जेन्टिनी दर्शले मनाएको उत्सवको ‘हाईलाईटेड’ पात्र थिए गोलकिपर इमिलिआनो मार्टिनेज । उनले किलियन एम्बाप्पे रोएको पोस्टर गुडियाको अनुहारमा टाँसेको एउटा असामान्य देखिने वस्तु आफ्नो हातमा बोकेका थिए ।

उनले बोकेको त्यो पोष्टर देखेर दर्शकहरूले हर्षोल्लास त गरे । तर, सामान्य स्पोट्र्सम्यानसीप बुझेका विश्वभरिका समर्थकहरूले यस्तो अशोभनीय हरकत देखाएकोमा यति बेला सामाजिक सञ्जालमा मार्टिनेजको आलोचना गरिरहेका छन् ।

विश्वकपमा उत्कृष्ट गोलकिपरको उपाधि जितेका मार्टिनेजले ‘गोल्डेन ग्लभ’ सँग पनि त्यस्तै अशोभनीय पोजमा खिचेको फोटोले विश्वभरि आलोचना पाएको थियो ।

एकपछि अर्को उनको यस्तो हरकतले आज विश्वभरिका समर्थकले उनको आलोचना गरिरहेका छन् ।

अर्जेन्टिनामा विश्वकप जितेको उत्सव मनाउने क्रममा त्यहाँका दर्शकहरूले एम्बाप्पेको पोस्टर जलाएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

समर्थकको उत्साहमा मार्टिनेज पनि स्पोर्टस्म्यानसिप बिर्सिएर एम्बाप्पेको ट्रोल गर्न त्यही भिडमा उत्रिएका छन् । जुन विश्वभरिका समर्थकले अशोभनीय हर्कतका रूपमा लिएका छन् ।

विश्वकप फाइनलमा मार्टिनेजविरुद्ध एम्बाप्पेले पेनाल्टी सुटआउटमासहित चार गोल गरेका थिए । फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले विश्वकप उपाधि रक्षा गर्न नसके पनि गोल्डेन बुट जितेका थिए ।

उनले दुई विश्वकपमा फ्रान्स राष्ट्रिय टिमबाट १२ गोल गरिसेकेका छन् ।


प्रतिक्रिया

One thought on “‘स्पोर्ट्सम्यानसीप’ बिर्सिएर जब मार्टिनेज एम्बाप्पेलाई ‘ट्रोल’ गर्न उत्रिए

  1. चुतिया अर्जेन्टिना त्यै भएर त बृटिस को तर्फ बाट नेपाली हरु ले छाला काढेको थियो त

Leave a Reply

Your email address will not be published. Required fields are marked *