शशांकनिकट दीपक गिरी पनि गगनको पक्षमा उभिए – Nepal Press

शशांकनिकट दीपक गिरी पनि गगनको पक्षमा उभिए

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवार मनोनयन हुँदै गर्दा कृष्ण सिटौला र डा. शशांक कोइरालानिकट दुई सांसद गगन थापाको पक्षमा खुलेका छन् ।

सिटौला समूहका एकमात्र सांसद प्रदिप पौडेल गगन थापाको समर्थक बस्दा सशांकनिकट दीपक गिरी पनि गगनको पक्षमा उभिएका हुन् । उनी पार्टीको महाधिवेशनमा शेखर समूहबाटै सहमहामन्त्री उम्मेदवार बने पनि सशांकनिकट मानिन्छन् ।

अब शशांकनिकट सांसद विष्णु कार्कीले के गर्छन् भन्ने तय भएको छैन । शशांकले भने देउवालाई समर्थन गर्ने बताएका छन् । देउवा पक्षकै करिब आधा दर्जन सांसदले गगनलाई मत दिने दाबी सो समूहको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर