कांग्रेसमा संस्थापन पक्षभित्रै केही नेताको ‘माेनोपोली’ चलेको आरोप, दर्जन केन्द्रीय सदस्यले मागे बैठक – Nepal Press

कांग्रेसमा संस्थापन पक्षभित्रै केही नेताको ‘माेनोपोली’ चलेको आरोप, दर्जन केन्द्रीय सदस्यले मागे बैठक

काठमाडौं । नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यहरुले पार्टी सुदृढीकरणका लागि छलफल गरेका छन् ।

ललितपुरको एक होटलमा भएको छलफलमा केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँलगायत सहभागी भएका थिए ।

संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्ने छलफलले निष्कर्ष निकालेको विश्वकर्माले बताए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षा गरेको छैन । छलफलमा केन्द्रीय सदस्यहरुले संस्थापन पक्षभित्र केही नेताहरूको मोनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए ।

संस्थापन पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् । केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ ।

विश्वकर्माले छलफललाई आगामी दिन पनि निरन्तर अगाडि बढाइने बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेसमा संस्थापन पक्षभित्रै केही नेताको ‘माेनोपोली’ चलेको आरोप, दर्जन केन्द्रीय सदस्यले मागे बैठक

  1. हतियारको फुक्लिएको बिंडजस्ताहरूको भेलाको कुनै अर्थ छैन । पद नपाएको असन्तुष्टी हो । चरम अराजक भएर बोल्दै हिडनु हुँदैन । हालत यस्तै हुन्छ । बरू चाँडो साँसद पद चाहिएको भए अब एउटै उपाए – पार्टीभित्र मध्यावधी निर्वाचनको लागि पहल गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर