सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेकाे भन्दै अनेरास्ववियुकाे विराेध प्रदर्शन (तस्बिरहरु) – Nepal Press

सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेकाे भन्दै अनेरास्ववियुकाे विराेध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेकाे भन्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले  विराेध प्रदर्शन गरेका छन्  ।

सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी,मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेकाे भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

आज बिहान त्रिचन्द्र कलेज अगाडि अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा अनेरास्ववियुले प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सरकारले रेशम चौधरी लगायतका फौजदारी अभियोगको सजाय पाएका अभियुक्तहरुलाई रिहा गर्न अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर