दशरथ रंगशालामा बालेनको टिमले खायो आधा दर्जन गोल (फोटोफिचर/भिडिओ) – Nepal Press

दशरथ रंगशालामा बालेनको टिमले खायो आधा दर्जन गोल (फोटोफिचर/भिडिओ)

काठमाडौं । विश्वभरका खेलप्रेमीहरुलाई ‘वल्र्डकप फिभर’ ले छोपेका बेला नेपालीहरु पनि यसबाट अछुतो छैनन् । आफ्नो देश विश्वकपमा नपुगे पनि विभिन्न देशको समर्थनमा नेपालीहरुले यो फुटबल उत्सवमा सहभागी भइरहेका छन् ।

यही फुटबलमय माहोलमा सोमबार बिहानै काठमाडौंको दशरथ रंगशालामा एउटा रोचक भिडन्त देखियो । फुटबलको जर्सी लगाएर काठमाडौं महानगरपालिकाका दुईवटा टिम आपसमा भिडेका थिए । एउटा टिमको नेतृत्व मेयर बालेन्द्र साह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए ।

महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल थियो यो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा चाहीँ महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए ।

टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरे । उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । बालेनले मध्यक्रमबाट खेलेका थिए । यद्यपि, उनमा फुटबल खेल्ने खासै सीप देखिएन ।

महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रंगाशामा उपस्थित थिइन् । तर उनी खेलाडीका रुपमा मैदान प्रवेश भने गरिनन् । उनले बाहिरै बसेर बालेनको टिमको पक्षमा हुटिङ गरिन् ।

खेलको अन्तिम नतिजामा ६:१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो । यो फुटबल भिडन्त नियमसंगत तरिकाले खेलाइएको भने देखिएन । दुवै टिमका गरी ५० जना भन्दा बढी खेलाडी मैदानमा छिरेका थिए । धेरै खेलाडीहरुलाई फुटबलको नियम पनि राम्ररी थाहा नभएको पाइयो ।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष यस्तो मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर