अस्थायी मतदाताका लागि तोकियो १४१ मतदान केन्द्र (सूचीसहित) – Nepal Press

अस्थायी मतदाताका लागि तोकियो १४१ मतदान केन्द्र (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले देशभरका अस्थायी मतदातालाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्नका लागि ७७ जिल्लामा १४१ अस्थायी मतदान केन्द्र तोकेको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर, आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउछन् ।

२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव ऋषीराम भुसालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका् हुनुपर्ने कानुनी व्यस्था भएकाले त्यसै बमोजिमको व्यवस्था मिलाई मतदानको सूनिश्चित गरेको हो ।

सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर