मोरङमा शेखरचन्द्रकी पत्नीलाई उम्मेदवार बनाउन माग गर्दै कांग्रेस कार्यकर्ताको प्रदर्शन – Nepal Press

मोरङमा शेखरचन्द्रकी पत्नीलाई उम्मेदवार बनाउन माग गर्दै कांग्रेस कार्यकर्ताको प्रदर्शन

विराटनगर । मोरङ- ३ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेसका केही नेता-कार्यकर्ता असन्तुष्ट देखिएका छन् । सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि पार्टीको निर्णयअनुसार लिम्बूले आज मनोनयन दर्ता गरेका थिए ।

बिहीबार मनोनयन दर्ता गराउन पुगेका लिम्बूलाई छेक्न कांग्रेस कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

शेखरचन्द्रकी पत्नी लक्ष्मीलाई उम्मेदवार बनाउन माग गर्दै कांग्रेस आयोग कार्यालयअगाडि कांग्रेस पथरी नगर कमिटीका नेताहरूले विरोध जनाए । असन्तुष्ट कार्यकर्ताहरूले थापाप्रति अन्याय भएको गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर