उपेन्द्र यादवसँग मिलेको विरोधमा एमाले केन्द्रीय सदस्य रीताकुमारीको राजीनामा – Nepal Press

उपेन्द्र यादवसँग मिलेको विरोधमा एमाले केन्द्रीय सदस्य रीताकुमारीको राजीनामा

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला सहइन्जार्च रीताकुमारीले पार्टी परित्याग गरेकी छन् । आगामी प्रनिनिधिसभाको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयविपरीत गैरवैचारिक धरतालका दलहरूसँग तालमेल गरेको उनको आरोप छ ।

विज्ञप्तिमार्फत राजीनामाको घोषणा गर्दै उनले नाकाबन्दीको बेलामा विरोध गरेर राष्ट्रवादी छवि बनाएका अध्यक्ष ओलीले नाकाबन्दीका नाइके जसपा अध्यक्ष उपेन्द्र यादवसँग तालमेल गरेको टिप्पणी गरेकी छन् ।

देशमा राजसंस्थगा पुनःस्थापनका गर्ने र संघीयताको खारेजीको एजेण्डा बोल्ने राप्रपासँग तालमेल गरेकोमा रीताले आपत्ति जनाएकी छन् ।

पार्टीभित्र देश र जनताको अहितका गतिविधिमा फरक मत राख्नसमेत अध्यक्ष ओलीले निषेध गरेको उनको भनाइ छ । रीताले यथास्तितिवादी र प्रतिगामी तत्वहरूको साँगठाँठमा एमाले लागेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर