प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जीत – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जीत

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार विभागीय टोली एपीएफ क्लबले जीत हासिल गरेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जीत निकालेको हो ।

सुदुरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जीतमा ओपनर आशिफ शेखले अविजित ४२ रन जोडे । अर्का ओपनर प्रदीप ऐरी २५ रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । यस जीतसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

मैदान ओसिलो भएपछि खेल ४३ ओभरमा झारिएको थियो । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर