प्रदेशसभाको उम्मेदवारीमा खस आर्यकै बर्चस्व (कुन प्रदेशमा कसको उम्मेदवारी कति ?) – Nepal Press

प्रदेशसभाको उम्मेदवारीमा खस आर्यकै बर्चस्व (कुन प्रदेशमा कसको उम्मेदवारी कति ?)

प्रदेश एक र बागमतीमा आदिवासी जनजाति तथा मधेश प्रदेशमा मधेशीको उम्मेदवारी धेरै

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारीमा प्रदेश एक, मधेश प्रदेश र बागमती प्रदेशमा बाहेक ४ वटै प्रदेशमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर खस आर्यकै बर्चस्व देखिएको छ । ७ वटै प्रदेश सभामा जम्मा उम्मेदवारीको ३२ प्रतिशत उम्मेदवारी खस आर्यकै परेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाको उम्मेदवारी पर्दा सबैभन्दा बढी खस आर्यबाट ३२।७२ प्रतिशत अर्थात एक हजार ५५ जनाको उम्मेदवारी परेको छ । दोस्रोमा आदिवासी जनजातिबाट २८ प्रतिशत अर्थात ९०६ जनाको उम्मेदवारी परेको छ भने तेस्रोमा मधेशीबाट २७ प्रतिशत अर्थात ८७४ जनाको उम्मेदवारी परेको छ । यस्तै मुस्लिम र दलितबाट ४ प्रतिशत अर्थात मुस्लिमबाट १४५ जना र दलितबाट १४४ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम थारुबाट ३ प्रतिशत अर्थात १०० जनाको मात्रै उम्मेदवारी परेको छ ।

कुन प्रदेशमा कुन समुदायको उम्मेदवारी कति ?

एक नम्बर प्रदेशमा सबैभन्दा धेरै ४७ प्रतिशत आदिवासी जनजातिको उम्मेदवारी

प्रदेश एकमा ५१० जनाको उम्मेदवारी परेकोमा सबैभन्दा बढी ४७ प्रतिशत अर्थात २४३ जनाको आदिवासी जनजातिबाट उम्मेदवारी पर्दा ९१ प्रतिशत अर्थात २२१ जना पुरुषको उम्मेदवारी परेको छ भने ९ प्रतिशत अर्थात २२ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दोस्रोमा खस आर्यबाट ३३ प्रतिशत अर्थात १६८ जनाको उम्मेदवारी पर्दा त्यस भित्र ९१ प्रतिशत अर्थात १५४ जना पुरुषको उम्मेदवारी परेको छ भने ८ प्रतिशत अर्थात १४ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । तेस्रोमा मधेशीबाट ९ प्रतिशत अर्थात ४७ जनाको उम्मेदवारी पर्दा ८९ प्रतिशत अर्थात ४२ जना पुरुषको उम्मेदवारी परेको छ भने ११ प्रतिशत अर्थात ५ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दलितबाट ३ प्रतिशत अर्थात १९ जनाको उम्मेदवारी पर्दा ७९ प्रतिशत अर्थात १५ जना पुरुषको उम्मेदवारी परेको छ भने २१ प्रतिशत अर्थात ४ जना महिलाको उम्मेदवारी परेको छ । थारुबाट पनि ३ प्रतिशत अर्थात १९ जनाकै उम्मेदवारी पर्दा ७९ प्रतिशत नै अर्थात १५ जना पुरुषको उम्मेदवारी परेको छ भने २१ प्रतिशत नै अर्थात ४ जनाकै पहिलाको उम्मेदवारी परेको छ ।

समग्र उम्मेदवारीमा भने ९० प्रतिशत अर्थात ४५८ जना पुरुषको उम्मेदवारी पर्दा १० प्रतिशत अर्थात ५२ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

मधेश प्रदेशमा सबैभन्दा धेरै ७० प्रतिशत मधेशीको उम्मेदवारी

मधेश प्रदेशमा सबैभन्दा धेरै १००७ जनाको उम्मेदवारी परेकोमा सबैभन्दा बढी ७० प्रतिशत अर्थात ७१३ जनाको मधेशीबाट उम्मेदवारी पर्दा ९४ प्रतिशत अर्थात ६७२ जना पुरुषको उम्मेदवारी परेको छ भने ५ प्रतिशत अर्थात ४० जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दोस्रोमा मुस्लिमबाट ८ प्रतिशत अर्थात ८७ जनाको उम्मेदवारी पर्दा त्यस भित्र ९४ प्रतिशत अर्थात ८२ जना पुरुषको उम्मेदवारी परेको छ भने ५ प्रतिशत अर्थात ५ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । तेस्रोमा आदिवासी जनजातिबाट ६ प्रतिशत अर्थात ६८ जनाको उम्मेदवारी पर्दा ९१ प्रतिशत अर्थात ६२ जना पुरुषको उम्मेदवारी परेको छ भने ८ प्रतिशत अर्थात ६ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दलितबाट पनि ६ प्रतिशत अर्थात ६३ जनाको उम्मेदवारी पर्दा ७७ प्रतिशत अर्थात ४९ जना पुरुषको उम्मेदवारी परेको छ भने २२ प्रतिशत अर्थात १४ जना महिलाको उम्मेदवारी परेको छ । थारुबाट २ प्रतिशत अर्थात २९ जनाको उम्मेदवारी पर्दा ९० प्रतिशत अर्थात २६ जना पुरुषको उम्मेदवारी परेको छ भने १० प्रतिशत अर्थात ३ जना मात्रै पहिलाको उम्मेदवारी परेको छ ।

समग्र उम्मेदवारीमा भने ९२ प्रतिशत अर्थात ९३२ जना पुरुषको उम्मेदवारी पर्दा ८ प्रतिशत अर्थात ७५ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा पनि सबैभन्दा बढी आदिवासी जनजातिबाट ५३ प्रतिशत उम्मेदवारी

बागमती प्रदेशमा जम्मा ६८८ जनाको परेको उम्मेदवारीमा सबैभन्दा बढी आदिवासी जनजातिबाट ५३ प्रतिशत अर्थात ३५८ जनाको उम्मेदवारी पर्दा ८८ प्रतिशत अर्थात ३१७ जना पुरुषको उम्मेदवारी परेको छ भने ११ प्रतिशत अर्थात ४१ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दोस्रोमा ४४ प्रतिशत अर्थात २९८ जनाको खस आर्यबाट उम्मेदवारी पर्दा ८८ प्रतिशत अर्थात २६१ जना पुरुषको उम्मेदवारी परेको छ भने १२ प्रतिशत अर्थात ३७ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

सबैभन्दा कम दलितबाट १ प्रतिशत अर्थात १२ जनाको मात्रै उम्मेदवारी पर्दा ८३ प्रतिशत अर्थात १२ जना पुरुषको उम्मेदवारी परेको छ भने १६ प्रतिशत अर्थात २ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

समग्र उम्मेदवारीमा भने ८८ प्रतिशत अर्थात ५८८ जना पुरुषको उम्मेदवारी पर्दा १२ प्रतिशत अर्थात ८० जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशमा ४९ प्रतिशत खस आर्यबाट उम्मेदवारी

गण्डकी प्रदेशमा जम्मा २३५ जनाको उम्मेदवारी परेकोमा सबैभन्दा बढी ४९ प्रतिशत अर्थात ११५ जनाको खस आर्यबाट उम्मेदवारी पर्दा ९१ प्रतिशत अर्थात १०५ जना पुरुषको उम्मेदवारी परेको छ भने ८ प्रतिशत अर्थात १० जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दोस्रोमा आदिवासी जनजातिबाट ४२ प्रतिशत अर्थात १०० जनाको उम्मेदवारी पर्दा त्यस भित्र ८३ प्रतिशत अर्थात ८३ जना नै पुरुषको उम्मेदवारी परेको छ भने १७ प्रतिशत अर्थात १७ जना नै महिलाको उम्मेदवारी परेको छ ।

दलितबाट जम्मा उम्मेदवारीको २ प्रतिशत अर्थात १४ जनाको उम्मेदवारी पर्दा ९२ प्रतिशत अर्थात १३ जना पुरुषको उम्मेदवारी परेको छ भने ७ प्रतिशत अर्थात १ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

मुस्लिमबाट २ प्रतिशत मात्रै अर्थाात ५ जनाको मात्रै उम्मेदवारी पर्दा ८० प्रतिशत अर्थात ४ जना पुरुषको उम्मेदवारी परेको छ भने २० प्रतिशत अर्थात १ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । यस्तै सबैभन्दाकम थारुबाट एक प्रतिशत भन्दा पनि कम अर्थात १ जनाको मात्रै उम्ेदवारी पर्दा पुरुषको मात्रै उम्मेदवारी परेको छ ।

समग्र उम्मेदवारीमा भने ८७ प्रतिशत अर्थात २०६ जना पुरुषको उम्मेदवारी पर्दा १२ प्रतिशत अर्थात २९ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

लुम्बिनी प्रदेशमा ३७ प्रतिशत खस आर्यको उम्मेदवारी

लुम्बिनी प्रदेशमा जम्मा ४९५ जनाको उम्मेदवारी परेकोमा सबैभन्दा बढी ३७ प्रतिशत अर्थात १८५ जनाको खस आर्यबाट उम्मेदवारी पर्दा ९५ प्रतिशत अर्थात १७७ जना पुरुषको उम्मेदवारी परेको छ भने ५ प्रतिशत अर्थात ८ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दोस्रोमा आदिवासी जनजातिबाट २० प्रतिशत अर्थात ९९ जनाको उम्मेदवारी पर्दा त्यस भित्र ९१ प्रतिशत अर्थात ८३ जना पुरुषको उम्मेदवारी परेको छ भने ९ प्रतिशत अर्थात ९ जना महिलाको उम्मेदवारी परेको छ । मधेशीबाट २३ प्रतिशत अर्थात ११४ जनाको उम्मेदवारी पर्दा ९५ प्रतिशत अर्थात १०९ जना पुरुषको उम्मेदवारी परेको छ भने ५ प्रतिशत अर्थात ४ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

थारुबाट ७ प्रतिशत अर्थात ३६ जनाको उम्मेदवारी पर्दा ८६ प्रतिशत अर्थात ३१ जना पुरुषको उम्मेदवारी परेको छ भने १३ प्रतिशत अर्थात ५ जना मात्रै पहिलाको उम्मेदवारी परेको छ । मुस्लिमबाट पनि ७ प्रतिशत नै अर्थात ३९ जनाको उम्मेदवारी पर्दा शतप्रतिशत पुरुषको मात्रै उम्मेदवारी परेको छ । दलितबाट ४ प्रतिशत अर्थात २२ जनाको उम्मेदवारी पर्दा ९१ प्रतिशत अर्थात २० जना पुरुषको उम्मेदवारी परेको छ भने ९ प्रतिशत अर्थात २ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

समग्र उम्मेदवारीमा भने ९४ प्रतिशत अर्थात ४६६ जना पुरुषको उम्मेदवारी पर्दा ५ प्रतिशत अर्थात २९ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै ८३ प्रतिशत खस आर्यबाटै उम्मेदवारी

कर्णाली प्रदेशमा जम्मा ११६ जनाको उम्मेदवारी परेकोमा सबैभन्दा बढी ८३ प्रतिशत अर्थात ९७ जनाको खस आर्यबाट उम्मेदवारी पर्दा करिव ९८ प्रतिशत अर्थात ९७ जना पुरुषको उम्मेदवारी परेको छ भने २ प्रतिशत अर्थात २ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दोस्रोमा आदिवासी जनजातिबाट १२ प्रतिशत अर्थात १४ जनाको उम्मेदवारी पर्दा त्यस भित्र करिव ९३ प्रतिशत अर्थात १३ जना पुरुषको उम्मेदवारी परेको छ भने ८ प्रतिशत अर्थात १ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । दलितबाट ४ प्रतिशत अर्थात ५ जनाको उम्मेदवारी पर्दा शत प्रतिशत पुरुषको मात्रै उम्मेदवारी परेको छ । समग्र उम्मेदवारीमा भने ९७ प्रतिशत अर्थात ११३ जना पुरुषको उम्मेदवारी पर्दा २ प्रतिशत अर्थात ३ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि सबैभन्दा बढी ७५ प्रतिशत खस आर्यबाट उम्मेदवारी

सुदूरपश्चिम प्रदेशमा १९३ जनाको उम्मेदवारी परेकोमा सबैभन्दा बढी ७५ प्रतिशत अर्थात १४५ जनाको खस आर्यबाट उम्मेदवारी पर्दा ९४ प्रतिशत अर्थात १३७ जना पुरुषको उम्मेदवारी परेको छ भने ५ प्रतिशत अर्थात ८ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

दोस्रोमा आदिवासी जनजातिबाट १२ प्रतिशत अर्थात २४ जनाको उम्मेदवारी पर्दा त्यस भित्र ७९ प्रतिशत अर्थात १९ जना पुरुषको उम्मेदवारी परेको छ भने २० प्रतिशत अर्थात ५ जना महिलाको उम्मेदवारी परेको छ । तेस्रोमा थारुबाट ७ प्रतिशत अर्थात १५ जनाको उम्मेदवारी पर्दा शत प्रतिशत नै पुरुषको उम्मेदवारी परेको छ ।

दलितबाट ४ प्रतिशत अर्थात ९ जनाको उम्मेदवारी पर्दा शत प्रतिशत नै पुरुषको उम्मेदवारी परेको छ । समग्र उम्मेदवारीमा भने ९३ प्रतिशत अर्थात १८० जना पुरुषको उम्मेदवारी पर्दा ७ प्रतिशत अर्थात १३ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर