चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई किन निकालियो ? (भिडिओ) – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई किन निकालियो ? (भिडिओ)

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको समापन समारोहबाट पार्टीका पूर्व महासचिव तथा पूर्व राष्ट्रपति हु जिन्ताओलाई बाहिर निकालिएको छ ।

सी जिनपिङलाई तेस्रो कार्यकालको लागि पार्टीको महासचिव चुनेको उक्त समारोहबाट पूर्व राष्ट्रपति हु जिन्ताओलाई निकाल्दै गरेको भिडिओ अन्तर्राष्ट्रय संचार माध्यम एपीएफले सार्वजनिक गरेको हो ।

उक्त भिडिओमा देखिए अनुसार अधिवेशनको अन्तिम दिन शनिवार ग्रेट हल अफ द पिपलमा हु जिन्ताओ सीको बाँयातिरको सिटमा बसेका बेला सुरुमा एक जना पुरुषले केही भनेर सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मान्दैनन् ।

केही बेरको प्रयासपछि उनी सिटबाट उठ्छन् र छेउमा आसीन प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन् । त्यसपछि उनलाई दुई जना पुरुषहरूले हलबाट बाहिर लिएर जान्छन् ।

उनलाई किन यसरी बाहिर निकालियो भन्ने विषयमा अधिकारिक प्रष्टिकरण हालसम्म प्राप्त भएको छैन । सन् २०१२ मा सी महासचिव चुनिनु अघि जिन्ताओ पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर