नेपाली बजारमा बजाजको पल्सर एन २५० र एन १६० मोडलका बाइक सार्वजनिक – Nepal Press

नेपाली बजारमा बजाजको पल्सर एन २५० र एन १६० मोडलका बाइक सार्वजनिक

काठमाडौं । हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा एन २५० र एन १६० नयाँ बाइक सार्वजनिक गरेको हो । पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको भन्दै यी दुईवटा बाइकले पनि बाइकिङ क्षेत्रको लागि फेरि नयाँँ मापदण्ड खडा गर्ने गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यू गोल्छाले बताए । मोडर्न एरो डाइनामिक डिजाइन र सार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा आकर्षक देखिन्छ ।

यसको स्याटन ग्रे फिनिस एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टी र स्टाइलिस लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालिक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको कम्पनीले दाबी गरेको छ ।

पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको पल्सर एन १६० मा डुअल च्यानल एबीएस सिस्टम प्रयोग गरिएको कम्पनीले जनाएको छ । जुन योभन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै, यसमा १६५ सीसी बीए ६ इन्जिन, एलईडी प्रोजेक्टर हेड्ल्याम्प रहेका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर