ओलीले आज सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने, झण्डै पौने २ लाखले टिपाए नाम र नम्बर – Nepal Press

ओलीले आज सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने, झण्डै पौने २ लाखले टिपाए नाम र नम्बर

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन् । ओलीले आसन्न चुनावका सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए ।

सोही अनुरूप मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको सचिवालयले जनाएको छ ।

ओलीले कुराकानी गर्न उत्साहपूर्ण सहभागिताका लागि आफू खुसी भएको बताएका छन् । ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ?’, ओलीले बिहीबार दिउँसो लेखेका थिए ।


प्रतिक्रिया

One thought on “ओलीले आज सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने, झण्डै पौने २ लाखले टिपाए नाम र नम्बर

  1. नेपालको सन्दर्भमा एउटा नयाँ उदारणिय काम हो ।♥️🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर