ओलीमाथि खनिए भीम रावल : आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्‍ने ? – Nepal Press

ओलीमाथि खनिए भीम रावल : आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्‍ने ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन् । नेता रावलले बिहीबार साँझ सामाजिक सञ्‍जाल ट्वीटरमार्फत अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।

‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्‍न सुहाउँछ र ?’ उनले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको ?’, भन्दै उनले प्रश्‍नसमेत गरेका छन् ।

प्रतिनिधिसभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त ? यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्धा साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ– बिरालोले मुरा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी–अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्‍नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्‍ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ’, उनले भने ।


प्रतिक्रिया

One thought on “ओलीमाथि खनिए भीम रावल : आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्‍ने ?

  1. भारतीय दलालहरू संवेदनशील अवस्थामा ओलि र एमाले विरूद्व लाग्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर