लुम्बिनीमा यी हुन् प्रतिनिधिसभा र प्रदेशसभाका एमाले उम्मेदवार (सूचीसहित) – Nepal Press

लुम्बिनीमा यी हुन् प्रतिनिधिसभा र प्रदेशसभाका एमाले उम्मेदवार (सूचीसहित)

रुपन्देही । नेकपा एमालेले लुम्बिनीमा रहेका २६ संघीय निर्वाचन क्षेत्रमा २२ र प्रदेशका ५२ क्षेत्रमध्ये ४७ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । यसअघि प्रदेशसभामा बहुमत २८ सीट ल्याएको एमालेका लागि यसपटक विरासत जोगाउन चुनौती छ ।

पाँच वर्षअघि गठबन्धनमा रहेको माओवादी केन्द्र र पार्टीमै रहेको एउटा समूह नेकपा एस बनेर कांग्रेससँग गठबन्धनमा गएकाले एमालेलाई प्रदेश सभामा बहुमत जुटाउन संकट छ । यद्यपि एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल भने प्रत्यक्षमा आधा सीट जित्ने दाबी गर्छन् ।

एमालेले संघका २६ मध्ये राप्रपालाई रुपन्देही ३ र बाँके २ छाडेको छ जसपालाई रुपन्देही ४ छोडेको छ भने हृदयेश त्रिपाठीको जनता प्रगतिशीललाई नवलपरासी १ छाडेर २२ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

५२ वटा प्रदेशसभा सीटमध्ये केहीमा भने राप्रपा र जसपासँग तालमेल गरेको छ । प्रदेशका तीन सीट राप्रपा, दुई सीट जसपालाई छाडेको छ । एमाले प्रदेश अध्यक्ष कंडेलका अनुसार राप्रपालाई रुपन्देहीको १ को १, ३ को १ र बाँकेको १ को १ तथा जसपालाई रुपन्देही ४ का २ र पश्चिमनवलपरासीको २ को २ दिएर अन्य ४७ सीटमा एमालेका उम्मेदवार मैदानमा छन् ।

एमालेबाट लुम्बिनीको सम्भावित मुख्यमन्त्री लीला गिरी हुन् । गिरी पार्टी पोलिटब्यूरो सदस्य तथा प्रदेशको सहइन्चार्ज हुन् । अहिले प्रदेशमा उम्मेदवार बनेकामध्ये उनी सिनियर नेतामा पर्दछन् । नेताहरूले उनलाई ग्रिन सिग्नल दिएको भनिएपनि उनले गिरी आफैले त्यो विषय निर्वाचनपछिको कुरा भएको बताउँछन् । नेकपाकालमा उनी प्रदेश कमिटी अध्यक्ष बनेका थिए । उनीसँगै प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, नेता दधिराम न्यौपाने, दाङका घनश्याम पाण्डे मुख्यमन्त्रीका लागि संभावित उम्मेदवार हुन् ।

लुम्बिनीमा संघीय सांसद बनिसकेका नेताहरु भने प्रदेशमा उम्मेदवार बनेका छैनन् ।

नेकपाकालमा माओवादीबाट एमालेमा रहेकामध्ये सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, रोल्पाबाट पूर्वमाओवादी कमाण्डर पूर्णबहादुर बुढामगर र रुकुमपूर्वबाट कैलासकुमार मल्ल प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् भने प्रदेशसभामा रुपन्देहीमा दधिराम न्यौपाने, गुल्मीमा दिनेश पन्थी, बाँकेमा दुर्गाप्रसाद थारु उम्मेदवार बनेका छन् ।

यी हुन् प्रतिनिधिसभाका उम्मेदवार

रुपन्देही-१ छविलाल विश्वकर्मा

रुपन्देही-२ विष्णुप्रसाद पौडेल

रुपन्देही-५ वासुदेव घिमिरे

दाङ-१ मा शान्ता चौधरी

दाङ-२ मा शंकर पोखरेल

दाङ-३ मा कोमल वली

बाँके-१ मा सूर्यप्रसाद ढकाल

बाँके-३ मा किस्मतकुमार कक्षपति

कपिलवस्तु १ मा बलराम अधिकारी

कपिलवस्तु २ मा वृजेशकुमार गुप्ता

कपिलवस्तु-३ मा मंगलप्रसाद गुप्ता

बर्दिया-१ मा लक्ष्मणराज ज्ञवाली

बर्दिया-२ मा पंकजसिंह राठौर

गुल्मी-१ मा प्रदीपकुमार ज्ञवाली

गुल्मी-२ मा गोकर्णराज विष्ट

पाल्पा-१ मा नारायणप्रसाद आचार्य

पाल्पा-२ मा ठाकुर गैरे

पश्चिमपरासी-२ मा दीपेन्द्रकुमार अधिकारी

अर्घाखाँची टोपबहादुर रायमाझी

रोल्पाबाट पूर्णबहादुर बुढामगर

प्यूठानबाट सूर्यबहादुर थापा

रुकुमपूर्व कैलासकुमार मल्ल

यी हुन् प्रदेश सभाका उम्मेदवार

रुपन्देही १ (१) दधिराम न्यौपाने (२) राप्रपा तालमेल)

रुपन्देही-२ (१) लीला गिरी र (२) भोजप्रसाद श्रेष्ठ

रुपन्देही-३ (१) तालमेल जसपा, (२) मा तुलसीप्रसाद चौधरी

रुपन्देह-४ (१) मा हजरत अलि र (२) जसपा तालमेल

रुपन्देही-५ (१) भूमिश्वर ढकाल र (२) रामचन्द्र यादव

दाङ-१ (१) गंगाराम भट्टराई र (२) कुलप्रसाद केसी

दाङ-२ (१) बलिभद्र राना र (२) गिरिराज केसी

दाङ-३ (१) घनश्याम पाण्डे र (२) हुकुमबहादुर बस्नेत

बाँके-१ (१) तालमेल राप्रपा, (२) दुर्गाप्रसाद चौधरी

बाँके-२ (१) विजय यादव र (२) निरजबहादुर गुरुङ

बाँके-३ (१) रत्नबहादुर खत्री र (२) भीमबहादुर वली

कपिलवस्तु-१ (१) विष्णु पन्थी र (२) मधुसुधन चौधरी

कपिलवस्तु-२ (१) नवराज लामिछाने र (२) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु-३ (१) अर्जुनकुमार रेग्मी र (२) रजाउर रहमान खाँ

बर्दिया-१ (१) शालिकराम अधिकारी र (२) भक्तबहादुर विक

बर्दिया-२ (१) लहनु चौधरी र (२) कृष्णी थारु

गुल्मी-१ (१) चिन्तामणि पाण्डे र (२) फर्सूराम पाण्डे

गुल्मी-२ (१) डिल्लीराज भुसाल र (२) दिनेश पन्थी

पाल्पा-१ (१) राजुप्रसाद श्रेष्ठ र (२) खिमबहादुर सारु

पाल्पा-२ (१) पर्शुराम भट्टराई र (२) ओमबहादुर घर्ती

पश्चिमनवलपरासी-१ (१) पुन्यप्रसाद पौडेल र (२) दीपकराज शर्मा

पश्चिमपरासी-२ (१) मणिप्रसाद गैरे र (२) तालमेल जसपा

अर्घाखाँची प्रदेशसभा (१) चेतनारायण आचार्य र (२) रामजीप्रसाद घिमिरे

रोल्पा प्रदेशसभा (१) कमल बुढाथोकी र (२) प्रेमबहादुर घर्तिमगर

प्यूठान प्रदेशसभा (१) तुलसीराम शर्मा र (२) हरिप्रसाद रिजाल

रुकुमपूर्व प्रदेशसभा (१) तेजेन्द्र बुढामगर र (२) भावना बुढाथोकी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर