तिहारमा असर्फी जोड्नेको लाम (तस्बिरहरु) – Nepal Press

तिहारमा असर्फी जोड्नेको लाम (तस्बिरहरु)

काठमाडौं । तिहारलाई लक्षित गरेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री शुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि सिक्का बिक्री सुरु गरेको हो ।

२.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार सात सय २६ रुपैयाँ, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार चार सय ५१ रुपैयाँ र १० ग्राम असर्फीको मूल्य ८२ हजार नौ सय दुई रुपैयाँ तोकिएको छ।

तिहार नजिकै आएसँगै टक्सार विभागमा असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा बिक्री गर्न विभागले सुन र चाँदीको असर्फी छपाइ गर्दै आएको छ ।

असर्फी बिक्रीका लागि विभागले कोटा तोकेको छ ।विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले वर्षेनी दसैँ र तिहारमा असर्फी र चाँदीको सिक्का बनाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर