कार्यकर्तालाई लिङदेनको चेतावनी : सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट हुँदैन – Nepal Press

कार्यकर्तालाई लिङदेनको चेतावनी : सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट हुँदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने चेतावनी दिएका छन् ।

झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै एमालेसँगको चुनावी तालमेलाई सफल बनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र नं. ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’

देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको बताए । सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर