रुपन्देही २ का गठबन्धन उम्मेदवार राजु गुरुङको आज सर्वोच्चमा पेशी – Nepal Press

रुपन्देही २ का गठबन्धन उम्मेदवार राजु गुरुङको आज सर्वोच्चमा पेशी

काठमाडौं । रुपन्देही २ का गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको रिटको सर्वोच्च अदालतमा पेशी तोकिएको छ ।

सोमबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको रिटमा आज पेशी तोकिएको हो ।

न्यायाधीश श्रेष्ठको एकल इजलासले दुवै पक्षलाई छलफल गर्न बोलाउन आदेश दिएको थियो । सोहीअनुरुप आज न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा गुरुङको रिटको पेशी तोकिएको छ ।

तर, उनको रिटको सुनुवाइ पेशीको अन्तिममा भएकाले हेर्न नभ्याउने सम्भावना पनि प्रबल छ ।

निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सर्वाेच्चले साेमबार अल्पकालीन अन्तरिम आदेशपछि आयोगले नै गुरुङको उम्मेदवारी कायम नै रहेको सूचना प्रकाशन गरिसकेको छ ।

सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर