मकालु आधार शिविर, अरुण ३ र किमाथांका नाकाको ट्रान्जिट नुम बजार (तस्बिरहरु) – Nepal Press

मकालु आधार शिविर, अरुण ३ र किमाथांका नाकाको ट्रान्जिट नुम बजार (तस्बिरहरु)

संखुवासभा । संखुवासभा सदरमुकाम खादबारी उत्तरको सबैभन्दा ठूलो बजार नुमको चहलपहल धेरै अगाडिबाटै छ। सडक पुग्दाको चहलपहल नुममा नपुग्दा पनि थियो।

अलैंची क्षेत्र भएको तथा उत्तरी संखुवासभाको मुकाम भएकोले नुमको चहलपहल राम्रो हुँदै आएको हो। विश्वको पाचौं अग्लो चुली मकालु हिमालको आधार शिविर जाने गेटवे बजार नुमबाटै चीन जोड्ने नाका किमाथांका पुगिन्छ।

साथै, अहिले निर्माणाधीन अरुण३ जस्तो प्रदेश १ को सबैभन्दा विशाल परियोजना क्षेत्रको बजार नि नुम भएकोले थप चहलपहल बढेको स्थानीय पूजा पौडेल बताउँछिन् ।

मकालु गाउँपालिकाको मुकाम नुममा गाउँ कार्यपालिकादेखि वडा नम्बर ५ को कार्यालय छन् ।

      


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *