ब्याजदरको अन्तर १ प्रतिशतले घटाउन माग – Nepal Press

ब्याजदरको अन्तर १ प्रतिशतले घटाउन माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर्जा र निक्षेपको ब्याजदरको अन्तर (स्प्रेडदर) १ प्रतिशत घटाउन माग गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरी कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।

उद्योग व्यापार संगठन रुपन्देहीको १५ औँ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महँगीले जनतामा समेत असर गरेको बताए ।

ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले लिने स्प्रेडदर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताए ।

कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनेको उनको भनाइ छ ।

स्थानीय प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायहरूको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैङ्क मार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर