कांग्रेसद्वारा बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन – Nepal Press

कांग्रेसद्वारा बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरुविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उठेका गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका र तिनका प्रस्तावक र समर्थकसमेतलाई कारबाही गरिएको जानकारी दिए ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) घ उल्लंघन गरेको भन्दै धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको पौडेलले जनाएका छन् ।

निर्वाचन आयोगले तोकेको समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाहरुलाई कांग्रेसले कारबाही गरेको हो ।

विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर