रामेछापमा नेकपा एसको उम्मेदवारी कायमै, माओवादीका दुईजना बागीले फिर्ता लिए – Nepal Press

रामेछापमा नेकपा एसको उम्मेदवारी कायमै, माओवादीका दुईजना बागीले फिर्ता लिए

रामेछाप । गठबन्धनको सीट बाँडफाँटमा भाग नपाएपछि रामेछापमा प्रतिनिधि सभा र प्रदेशका दुवै सीटमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेताहरुले आफ्नो मनोनयन कायमै राखेका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ताको लागि दिइएको समयसीमाभित्र दुई जना प्रदेश सभाका स्वतन्त्र उम्मेदवारले मात्र नाम फिर्ता लिएका छन् । नेकपा एसका उम्मेदवारको मनोनयन कायमै रहेको छ ।

नेकपा एसबाट जिल्ला इन्चार्ज देवशंकर पौडेलले प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । त्यस्तै मन्थली नगरपालिकाका पूर्व मेयर तथा जिल्ला अध्यक्ष रमेश बस्नेतले क्षेत्र नम्बर १ र झम्क कडेलले क्षेत्र नम्बर २ मा प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

प्रदेश सभातर्फ माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका क्षेत्र नम्बर १ का रविन्द्र पौडेल र २ का डिल्लीमान तामाङले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर