जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी, बोलाए गठबन्धनको बैठक – Nepal Press

जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी, बोलाए गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसको कारण प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका हुन् ।

जसपाका मन्त्रीहरुबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन् । बैठकमा गठबन्धनबाहेकका बागी उम्मेदवारको विषयमा पनि छलफल हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रम देउवाले जसपाको मन्त्री हटाउने विषयमा निर्वाचन आचारसंहिता लागू भइसकेकाले कानून व्यवसायीसँग समेत परामर्श लिइरहेका छन् ।

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

गठबन्धनबाट बाहिरिएर जसपाले एमालेसँग १७ सीटमा तालमेल गरेको छ । तर, उम्मेदवारी दर्ताको क्रममा केही ठाउँमा विवाद देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर