बिनोद चौधरीसँग गायिका सिन्धु जलेसा भिड्ने, हृदयेशले यसकारण पाएनन् एमालेको साथ – Nepal Press

बिनोद चौधरीसँग गायिका सिन्धु जलेसा भिड्ने, हृदयेशले यसकारण पाएनन् एमालेको साथ

रुपन्देही । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सुर्य चिन्हबाट चुनाव लड्न अश्वीकार गरेपछि नेकपा एमालेले अन्तिममा गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकीलाई पश्चिम नवलपरासी १ बाट उम्मेदवार बनाएको छ ।

अघिल्लो पटक एमालेको चिन्हबाट लडेका त्रिपाठीले यसपटक आफूलाई एमालेले सघाउनुपर्ने तर सुर्य चिन्ह नलिने भनेपछि जिल्लाका एमाले कार्यकर्ताले त्रिपाठीलाई सुर्य चिन्ह नलिए सहयोग नगर्ने निर्णय गरेका थिए । त्रिपाठी सुर्य चिन्हबाट नलड्ने भएपछि अन्तिममा आफ्नै उम्मेदवार खडा गरिएको हो ।

२०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी सिन्धुले अब अर्बपति ब्यापारी बिनोद चौधरीसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । अन्तिम समयमा निर्णय भएकाले आफ्नो उम्मेदवारी आकस्मिक रहेको उनले बताइन् ।

सिन्धुसँगै अब एमालेबाट महिला उम्मेदवारको संख्या १२ भएको छ । एमाले सबैभन्दा बढी महिला उम्मेदवार उठाउँने प्रमुख दल बनेको छ । सो क्षेत्रमा गठबन्धनबाट कांग्रेसले तीनवटै सीटमा उम्मेदवार उठाएपछि संघ र प्रदेशमा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवार उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर