रोल्पामा रोकिएन कांग्रेस-माओवादी खटपट, कांग्रेस सभापति विरुद्ध माओवादी नेताको उम्मेदवारी – Nepal Press

रोल्पामा रोकिएन कांग्रेस-माओवादी खटपट, कांग्रेस सभापति विरुद्ध माओवादी नेताको उम्मेदवारी

रुपन्देही । रोल्पामा देखिएको माओवादी कांग्रेसबीचको गठबन्धन खटपट शीर्ष नेताहरूको दबाबमा मिलेको भनिए पनि उम्मेदवारी दर्ताका क्रममा मिल्न सकेन ।

रोल्पाको प्रतिनिधिसभा तथा दुवै प्रदेश सभामा कांग्रेसलाई दिन नखोजेको माओवादीले केन्द्रका नेताको दबाब थेग्न नसकेपछि बैठकमा बसेका नेताले तत्काल सहमति जनाए पनि अन्य नेताहरूले त्यो सहमति तोडेका छन् ।

गठबन्धनको सहमति अनुसार रोल्पा प्रदेश सभा (ख) नेपाली कांग्रेसले पाएर कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए । तर सोही क्षेत्रबाट माओवादी पोलिटब्यूरो सदस्य दीपेन्द्र कुमार पुन सिजलले माओवादी नै परित्याग गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

नेता सिजलले सार्वजनिक गरेको राजीनामा तथा उम्मेदवारी घोषणा अपिलमा आजका मितिबाट पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र अहिलेसम्म पार्टीले दिएको जिम्मेवारीप्रति धन्यवाद दिएका छन् ।

नेता पुनले स्थानीय तह निर्वाचनमा माओवादी हराउन एमालेसँग तालमेल गर्ने कांग्रेसका नेता जिताउनका लागि आफ्नो बलियो क्षेत्र छोड्न नसकिने जनाउँदै उम्मेदवारी दिएको जनाएका छन् ।

रोल्पाबाट संघमा माओवादी नेता वर्षामान पुन र प्रदेश सभा क मा जोखबहादुर महराले उम्मेदवारी दिएका छन् ।

माओवादीको यो रणनीति बुझेर आइतबार बिहान एमालेसँग गठबन्धन गर्न तयार भएको नेपाली कांग्रेसलाई रोक्न माओवादीले सहमति जनाएको थियो तर त्यो दिनभर पनि टिक्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर