निवर्तमान सभामुखले छाडे सरकारी निवास – Nepal Press

निवर्तमान सभामुखले छाडे सरकारी निवास

काठमाडौं । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी निवास छाडेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मनोनयनको अघिल्लो दिन सभामुखले सरकारी निवास छाडेका हुन्।

सभामुखले सरकारी सेवा सुविधा छोडेर नीजि निवासमा फर्किएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।

सभामुखको कार्यकालको विषयमा विवाद हुँदै आइरहेको थियो। उनले आजमात्रै पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए।


प्रतिक्रिया

One thought on “निवर्तमान सभामुखले छाडे सरकारी निवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर