यी हुन् जसपाले टुङ्ग्याएका १२ उम्मेदवार – Nepal Press

यी हुन् जसपाले टुङ्ग्याएका १२ उम्मेदवार

काठमाडौं ।नेकपा एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशको १२ सिटमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पुनः सप्तरी २ बाटै उम्मेदवार बनेका छन् । सो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत समेत उम्मेदवार बन्दैछन् । यो क्षेत्रमा दुई मधेस केन्द्रीत पार्टीका अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

जसपाले पूर्वमन्त्री राजकिशोर यादवको क्षेत्र परिवर्तन गरेको छ । ०७४ मा सिरहा ४ बाट निर्वाचित यादवलाई जसपाले सिरहा २ पठाएको हो ।

सिरहा २ बाट उम्मेदवार सिफारिस भएका शत्रुधन सिंहलाई पार्टीले कारबाही स्वरुप जसपाले टिकट नदिएको स्रोतको दाबी छ । उनले टिकट नपाउने देखेर पार्टी परित्याग गरेका थिए । तर सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग गठबन्धन गरेलगत्तै टिकट पाउने सम्भावना देखेर सिंह पुनः जसपामै फर्केको घोषणा गरेका थिए ।

जसपाका एक नेताले भने, ‘पार्टीमा सिस्टम छ । तर शत्रुधन सिंहले पहिले पार्टी परित्याग गर्नुभयो र पछि पुनः फिर्ता भएको घोषणा गर्नुभयो । यो विषयमा नेतृत्वसँग छलफल पनि गरेनन् । त्यसैले उहाँको टिकट काटियो ।’

एमाले र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएको धनुषा २ मा जसपाले गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । केहि दिनअगाडि मात्र यादव एमाले परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।

धनुषा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने भनेपछि यादव रुष्ट बनेर पार्टी परित्याग गरेका थिए । एमालेले भने अरगरियालाई उम्मेदवार बनाएको छ ।

सहमतिमा एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने उल्लेख छ ।

यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।

यी हुन् जसपाले टुङ्ग्याएका उम्मेदवार

सप्तरी –२ उपेन्द्र यादव

सिरहा–२ राजकिशोर यादव

सिरहा–४ वीरेन्द्र महतो

धनुषा–१ दीपक कार्की

धनुषा–२ गंगाराम यादव

धनुषा–४ महाजन यादव

सर्लाही–१ प्रमोद शाह

सर्लाही–४ राकेश मिश्र

बारा–२ रामसहाय प्रसाद यादव

बारा–३ रामबाबु कुमार यादव

पर्सा–१ प्रदीप यादव

पर्सा–२ सुरेन्द्र कुर्मी


प्रतिक्रिया

One thought on “यी हुन् जसपाले टुङ्ग्याएका १२ उम्मेदवार

  1. जसपा को कम छैन।नीति नभएको पार्टी र नैतिकता नभएको अध्यक्ष हो जसपा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर