गार्मेन्ट सञ्चालक लाल मोहम्मदको हत्या आरोपमा प्रहरीद्वारा तीन जना सार्वजनिक – Nepal Press

गार्मेन्ट सञ्चालक लाल मोहम्मदको हत्या आरोपमा प्रहरीद्वारा तीन जना सार्वजनिक

काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थ्ति गोठाटारमा गार्मेन्ट सञ्चालक लाल मोहम्मदको हत्या आरोपमा प्रहरीले तीनजनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले घटनामा संलग्न आरोपमा पर्साका वीरगञ्ज महानगर वडा नं. १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की २१ वर्षीय सुुमी भन्ने सुस्मिता स्याङताङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घटनामा महोरम र रेहानले योजनाकार र तथा हतियार व्यवस्थापनको भूमिका खेलेको तथा सुमीले लाल मोहम्मदको गतिविधि निगरानी गर्ने कार्य गरेको प्रहरीको आरोप छ ।

उनीहरुविरुद्ध प्रहरीले ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहम्मदमाथि गत असोज ३ गते साढे ६ बजे गोली प्रहार भएको थियो । गोली लागेर घाइते उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको त्यही दिन राति मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो ।

प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानका विविध विधि र प्रविधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका उनीहरुलाई काठमाडौं उपत्यकालगायतका स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *