चार्ल्स बने बेलायतका राजा – Nepal Press

चार्ल्स बने बेलायतका राजा

लण्डन । बेलायतमा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।

७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजावेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिस सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।

बिहीबार एलिजावेथको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए । पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।

उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्।

महारानी एलिजावेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर