प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय – Nepal Press

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अहिले मन्त्रिपरिषद्मा रहेका सबै जनाको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

अब चाँडै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने बताइएको छ ।

कानुनतः सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्छ । प्रधानमन्त्री र मन्त्रीले १५ दिनमा नै सार्वजनिक गर्ने परम्परा छ । तर यो पटक भने प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले मन्त्रिमण्डल गठन भएको एक वर्ष बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

लामो समयदेखि मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने चौतर्फी दबाबपछि सरकारले यो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा भने प्रधानमन्त्रीसहित सबै मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

  1. मन्त्रीबाट हटेपछि सार्वजनिक गर न । लुटेराहरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर