विवेकशील साझाकी केन्द्रीय सदस्य रजनीले दिइन् राजीनामा – Nepal Press

विवेकशील साझाकी केन्द्रीय सदस्य रजनीले दिइन् राजीनामा

काठमाडौं। विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रजनी केसीले पार्टीबाट राजीनामा दिएकी छन् । विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यदेखि साधारण सदस्य समेत नरहने गरी मंगलबार पार्टीबाट राजीनामा दिएकी हुन् ।

पछिल्लो समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगायतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका पुगेर राजीनामा दिएको उनले बताइन् ।

केसीले आगामी दिनहरूमा पनि राजनीतिक यात्रामा जोडिने बताइन् । उनले यसअघि उपनिर्वाचन २०७६ कास्की क्षेत्र नं।२ को प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धी उमेदवार बनेकी थिइन् ।

उनले भनेकी छन्,बिगत ३ वर्ष देखि साझा पार्टी हुँदै विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यका रुपमा रहँदै गत उपनिर्वाचन २०७६ कास्की क्षेत्र नं।२ को प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धी उमेदवार भई पार्टीको नीति सिद्धान्त र चुनाव चिन्हलाई जनस्तर सम्ममा पुर्याउने तथा सङ्गठन विस्तारका कार्यहरुमा निरन्तर क्रियाशिल रहँदै आएकोमा हाल पछिल्ला समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगाएतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका साथ विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्य देखि साधारण सदस्य समेत नरहने गरी यही मिति २०७९ भाद्र २० गते देखि औपचारीक रुपमा राजीनामा दिएको ब्यहोरा जानकारी गराउंदछु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर