नदीजन्य सामग्रीमा भ्रष्टाचार गरेको भन्दै एक करोड ४० लाख बिगो दाबीसहित उपमेयर र वडाध्यक्षविरुद्ध मुद्दा – Nepal Press

नदीजन्य सामग्रीमा भ्रष्टाचार गरेको भन्दै एक करोड ४० लाख बिगो दाबीसहित उपमेयर र वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौं । बागलुङको बागलुङ नगरपालिकाका तत्कालीन उपमेयर सुरेन्द्र खड्का र वडाध्यक्ष जीवन आचार्यसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्रचार मुद्धा दायर गरेको छ ।

विशेष अदालतमा आइतबार मुद्धा दायर भएको हो । प्रदेश सरकारले तोकेको भन्दा कम दर रेट राखेर नदीजन्य सामग्रीको ठेक्का लगाएको भन्दै अख्तियारले अनुसन्धान गरेको थियो । उनीहरुले राज्यलाई १७ लाख ४० हजार ६६ रुपैयाँ क्षति पुर्‍याएको अख्तियारको दाबी छ ।

उपमेयर खड्काविरुद्ध ३४ लाख ८० हजार एक सय ३२ रुपैयाँ, वडाध्यक्ष आचार्यविरुद्ध ३४ लाख ८० हजार एक सय ३२ रुपैयाँ तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु भीमबहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय तथा राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध पनि जनही ३४ लाख ९० हजार एक सय ३२ रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर