वाईसीएललाई प्रचण्डको निर्देशन- फौजको रूपमा प्रस्तुत हुनुस् – Nepal Press

वाईसीएललाई प्रचण्डको निर्देशन- फौजको रूपमा प्रस्तुत हुनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

काठमाडौंमा शुक्रवार योङ कम्युनिष्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।


प्रतिक्रिया

One thought on “वाईसीएललाई प्रचण्डको निर्देशन- फौजको रूपमा प्रस्तुत हुनुस्

  1. यि लुटेराहरु फेरि लुटन आउने भए । प्रचण्डले फौजि जस्तो भएर लुटेर मलाई बुझाउन ल्याउ भनेको जस्तो लाग्यो। प्रचण्डलाई केको चिन्ता देखिन्छ सबैले महसुस गरेकै छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर