फोहोर बोकेका ६० ट्रक बञ्चरेडाँडातर्फ, ढुवानी गर्न नि:शुल्क दिइयो टिपर (भिडिओ) – Nepal Press

फोहोर बोकेका ६० ट्रक बञ्चरेडाँडातर्फ, ढुवानी गर्न नि:शुल्क दिइयो टिपर (भिडिओ)

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर ६० वटा टिपर बञ्चरेडाँडातर्फ गएको छ । काठमाडौं महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर लिएर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा गएको महानगरका प्रवक्ता नविन मानन्धरले नेपाल प्रेसलाई बताए ।

समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले नि:शुल्क ढुवानी गरेको हो । यस्तै नेपाल टिपर तथा टिपर व्यवसायी समितिको १८ वटा टिपरका चालकले एक हजार रुपैया ज्याला र लाग्ने डिजेल महानगरले दिएको छ । टिपर भाडा भने नि:शुल्क हो ।

काठमाडौं महानगरपालिकाको अनुरोधमा फोहोर मैला व्यवस्थापन गर्न आज टिपरले नेपाल टिपर तथाक ट्र व्यवसायी समितिले नि:शुल्क फोहोरमैला ढुवानी गर्न सहयोग गरेको समितिले जनाएको छ । स्थानीयको अवरोधपूर्ण रुपमा नहटेकाले आज पनि प्रहरी परिचालन गर्दै फोहोर लैजाने प्रवक्ता मानन्धरले बताए ।

उनले भने,‘स्थानीयहरुले बाटोमा अवरोध गर्ने होकी भनेर आजपनि प्रहरी परिचालन गरिएको हो । ६० वटै टिपर एकैचोटि जाँदैछन् । आज अवरोध भएन भने अरु थप्दै जान्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर