नेकपा एसको निर्णयलाई स्वागत गर्दै प्रचण्डले भने- क्रान्ति पूरा गर्न वाम एकता आवश्यक (भिडिओ) – Nepal Press

नेकपा एसको निर्णयलाई स्वागत गर्दै प्रचण्डले भने- क्रान्ति पूरा गर्न वाम एकता आवश्यक (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवको आवश्यकता वामपन्थी दलहरूको एकता रहेको बताएका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्न वामपन्थीको बिचमा एकता आवश्यकता रहेको बताएका हुन् ।

‘पुरानो ढंगले अगाडी बढेर अबको आवश्यकता वा क्रान्ति पुरा हुन सक्दैन ’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्ने सच्चा वामपन्थीको बिचमा एकता होस् भन्ने हाम्रो प्रयास छ ।’

पछिल्लो समय केही सकारात्मक पहलहरू भएको समेत उनले बताए । ‘केही समाचार सकारात्मक भएको तपाइ हामीले पनि महसुस गरेका छौँ । चाहे हँसिया हतौडा चुनाव लड्ने साथीहरूको स्थिति होस् चाहे पार्टी एकता संयोजन समिति बनाएर भएपनि कम्युनिस्ट आन्दोलनलाई एक बनाउने कुरा होस्’ उनले भने।

नेकपा एकीकृत समाजवादीले पनि यस बिषयमा छलफल सुरु गरेको बताउँदै प्रचण्डले यो सकारात्मक रहेको टिप्पणी गरेका हुन् ।उनले भने, ‘हामीले पहिले बाट प्रयास गरिरहेका छौँ । हिजो मात्रै पनि समाजवादी पार्टीले पनि त्यो निर्णय गरेको कुरा आइरहेको छ। यतिले मात्र पुग्दैन । अझै धेरै मेहनत गर्नु छ । हाम्रो पार्टीको ध्यान त्यसैमा छ ।’

उनले नयाँ वातावरण बनाएर समाजवादीको संघर्ष विकसित गर्न सकिने र त्यसले मात्र वर्ग सङ्घर्षको नयाँ आधार तयार गर्न गर्न सक्ने दाबी गरे ।

 


प्रतिक्रिया

One thought on “नेकपा एसको निर्णयलाई स्वागत गर्दै प्रचण्डले भने- क्रान्ति पूरा गर्न वाम एकता आवश्यक (भिडिओ)

  1. यि भारतीय दलाल हरु को अन्त्य आज को नेपाल को आवश्यकता हो सबै नेपाली जागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर