अब आयोगको अर्जुनदृष्टि चुनावमा, तयारी थालिसक्यौं : प्रमुख आयुक्त (भिडिओ) – Nepal Press

अब आयोगको अर्जुनदृष्टि चुनावमा, तयारी थालिसक्यौं : प्रमुख आयुक्त (भिडिओ)

काठमाडौं । आगामी ४ मंसिरमा संघीय र प्रदेश संसदको चुनाव गर्ने सरकारको निर्णय अपेक्षित र नियमित रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताए ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै पत्रकार सम्मेलन गर्दै थपलियाले आयोगको सिफारिस अनुसार नै सरकारले निर्णय गरेको स्पष्ट पारे । अब चुनावको तयारीमा आयोगले अर्जुनदृष्टि लगाउने उनले उल्लेख गरे ।

‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष र भयरहित बनाउने गरी आवश्यक तयारी हामीले थालिसकेका छौं । अहिलेसम्म अनौपचारिकरूपमा गरिएको तयारीलाई औपचारिक बनाएर अघि बढ्ने छौं,’ उनले भने ।

समय अवधिको कारणले आयोगलाई चुनावी तयारीमा बाधा नपर्ने विश्वास उनले व्यक्त गरे ।

थपलियाले भने, ‘ठूला चाडपर्वले खटनपटनमा केही इस्यूहरु आउन सक्छन् । तर, त्यसलाई सहज समाधान गर्नेछौं ।’

आगामी चुनावमा १० लाखसम्म मतदाता थपिनसक्ने आँकलन उनले प्रस्तुत गरे । अघिल्लो चुनावमा १ करोड ७७ लाख मतदाता रहेकोमा यसपालि १ करोड ८५ लाखदेखि ८६ लाख पुग्नसक्ने उनको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *