नारायणहिटीमा राजा त्रिभुवन र महेन्द्र चढेका गाडीहरु सर्वसाधारणले हेर्न पाउने (भिडिओ) – Nepal Press

नारायणहिटीमा राजा त्रिभुवन र महेन्द्र चढेका गाडीहरु सर्वसाधारणले हेर्न पाउने (भिडिओ)

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।

वुधबार नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिले राजाहरुले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानले उक्त गाडी अवलोकनका लागि उद्घाटन गरे ।

संग्रहालयमा स्वर्गीय राजा त्रिभुवनले प्रयोेग गरेको फोर्ड कम्पनी क्यानडादरा निर्मित काठको क्यारियर भएको पिक अफ ट्रक राखिएको छ, ट्रक शिकारमा पनि प्रयोग हुने गरेको जानकारहरुले बताएका छन् ।

त्यस्तै, स्वर्गीय राजा त्रिभुवनले नै प्रयोेग गरेको फोर्ड कम्पनीद्वारा निर्मित फ्यामिली कार (बा.अ. २) पनि प्रदर्शनीमा राखिएको छ भने स्वर्गीय राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि प्रदर्शनीमा राखिएको छ ।

उक्त मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरुले बताएको संग्रहालयमा सूचना अधिकृत बद्धि गुरुङले जानकारी दिए ।

तीनवटै गाडीहरुका भौतिक तथा यान्त्रिक अवस्था जिर्ण रहेकोमा भौतिक मर्मत तथा रंगरोगन गरि प्रदर्शनमा राखिएको संग्रहालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *