‘तेल किन्न पैसा छैन, शेयर किन्न कसरी दिने ?’ – Nepal Press

‘तेल किन्न पैसा छैन, शेयर किन्न कसरी दिने ?’

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो राखेर दिने कर्जाको सीमा तोकेपछि शेयर बजार तरगिंत बन्यो । विस्तारै ओरालो लाग्न थालेको बजार अझै फिर्न सकेको छैन ।

लगानीकर्ताहरु राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमा हटाउन माग गरिरहेका छन् । लगानीकर्ताहरु यही विषयलाई लिएर आमरण अनसन पनि बसिसकेका छन् । अबको मौद्रिक नीतिमा यो सीमा हट्ला या नहट्ला भनेर चासोका साथ लगानीकर्ता कुरिरहेका छन् ।

नेपालप्रेसले राष्ट्र बैंकका एकजना जिम्मेवार अधिकारीसँग सोधेको छ, ‘अबको मौद्रिक नीतिमा ४/१२ को सीमा हट्छ ?’

ती अधिकारीले भने, ‘देशको अर्थतन्त्र कमजोर बनिरहेको बेला तेल किन्न पैसा दिन नसक्ने अवस्थामा शेयर किन्न कसरी कर्जा बढाउन सकिन्छ ?’

उसो त देशको अर्थतन्त्रलाई ध्यान दिएर यसपटकको मौद्रिक नीति आउने अभिव्यक्ति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक रुपमै दिँदै आएका छन् ।

स्मरण रहोस्, ४/१२ को नीति भनेको शेयर धितो राखी दिइने कर्जामा एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म प्रवाह गर्न पाइने व्यवस्था हो ।


प्रतिक्रिया

3 thoughts on “‘तेल किन्न पैसा छैन, शेयर किन्न कसरी दिने ?’

  1. kun chai adhiakari le bhaneko ho M adhikari ta hoina ni ? chahine head line rakhnu parxa ni

  2. तेल त उपभोगको लागि हो यो उदाहरणनै मिल्दैन । सेयर किन्ने पैसा बैंकले दिदा आन्तरिक ऋण परिचालन हुने हो यो बिदेसिदैन । एउटै घरानाले अर्बौ कर्जा चलाउदा, Nsell ले २७ अरब चलाउदा र ठुलाले total कर्जाको ८२% सस्तो ब्याजमा चलाउदा कतै रोइलो छैन तर १२%-१५% ब्याजमा जम्मा १.५% कर्जा चल्दा धेरैलाइ कति रिइलो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर