बुढीगंगा अपडेट : वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस विजयी – Nepal Press

बुढीगंगा अपडेट : वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस विजयी

कैलाली । बाजुराको बुढीगंगामा थप दुई वटा वडाको मत अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।कांग्रेस उम्मेदवार खडक बहादुर अधिकारी ८५ मतले विजयी भए ।

अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका थिए । वडा नम्बर ८ मार्फत यहाँ कांग्रेसले खाता खोलेको छ ।

त्यस्तै वडा नम्बर ३ मा वडा नम्बर ८ मा एमालेका विराज रावल र कांग्रेसका रमेश बहादुर रावल उम्मेदवार छन् ।

त्यहाँ एमालेका उम्मेदवार विजयी भएका छन् । उनले ५२८ मत पाउँदा कांग्रेस उम्मेदवारले २१८ मत पाएका थिए । यहाँ एमाले उम्मेदवारले ३१० मतान्तर सहित विजयी भएका थिए ।

अहिले सम्म एमालेले पाँच र कांग्रेसले एक वडा जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर