वृद्धभत्ता नलिने घोषणा गर्दै बाबुरामले भने- उमेर घटाउनु गलत – Nepal Press

वृद्धभत्ता नलिने घोषणा गर्दै बाबुरामले भने- उमेर घटाउनु गलत

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ६८ वर्षको पुगे पनि वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले एकीकृत समाजिक सुरक्षा कार्यक्रम ल्याउनुपर्नेमा सरकारले वृद्धभत्ताको उमेर घटाएको बताए ।

‘वृद्धभत्ता पाउने उमेर घटाउन जरुरी थिएन । म पनि ६८ वर्षको भएँ । गरिब देशको नागरिकका रुपमा म भत्ता नलिने घोषणा गर्छु’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर