सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध – Nepal Press

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

रुपन्देही । पाल्पाको जोरधारामा सुख्खा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

केही समयअघि सुख्खा पहिरो गएपछि अहिले सडक अवरुद्ध भएको स्थानीय श्याम आचार्यले बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहनबहादुर खाणले घटनास्थलमा प्रहरी जाँदै गरेको र घटनाको पूरा विवरण आउन बाँकी रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *