कोर एरियामा त्रिपक्षीय भिडन्त, थोरै मतान्तरले बालेन तेस्रो – Nepal Press

कोर एरियामा त्रिपक्षीय भिडन्त, थोरै मतान्तरले बालेन तेस्रो

काठमाडौं । कांग्रेस र एमालेका उम्मेदवारले आशा राखेको काठमाडौंका महानगरका कोर एरियाले पनि उनीहरूलाई उकास्न कठिन देखिएको छ । कोर एरियाभित्र पर्ने वडाहरूमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन पछाडि परेका छन्, तर थोरै मतान्तरले ।

अहिले कोर एरियाअन्तर्गत पर्ने वडाहरू ११, १२, २३, २४, २५, २६ र २७ को मतगणना जारी रहेको छ । यी वडामा कुल मिलाएर १९ हजार २०१ भोट गणना भएका छन् । त्यसमध्ये सबैभन्दा बढी एमाले उम्मेदवार केशव स्थापितको पक्षमा आएको छ । उनले ४ हजार ४ सय २५ भोट ल्याउँदा कांग्रेसकी सिर्जना सिंह पनि ४४१२ भोट ल्याएकी छन् । समग्र मतगणनामा भने सिर्जनाले स्थापितलाई उछिनिसकेकी छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साहले कोर एरियाबाट अहिलेसम्म ४१५१ भोट ल्याउँदै तेस्रो स्थानमा छन् । तर, बाहिरी क्षेत्रहरुबाटै विशाल अग्रता लिइसकेकाले कोर एरियामा अलिकति पछाडि पर्दा उनलाई धेरै असर नगर्ने देखिएको छ ।

कोर एरियामा मतगणना जारी रहेका ८ वडाहरूमध्ये चारवटामा स्थापितले लिड गरिरहेका छन् । दुईवटामा सिर्जना र एउटामा बालेनको अग्रता छ ।

समग्र मतगणनामा भने बालेन अरु उम्मेदवारभन्दा निकै अगाडि छन् । उनको अहिलेसम्म ३८ हजारभन्दा बढी भोट आउँदा स्थापित र सिर्जनाको २१ हजार हाराहारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर