गोपाल हमाललाई बधाई दिँदै रवीन्द्र मिश्रले लेखे – धनगढी देशकै लागि नमूना बनोस् – Nepal Press

गोपाल हमाललाई बधाई दिँदै रवीन्द्र मिश्रले लेखे – धनगढी देशकै लागि नमूना बनोस्

कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका गोपाल हमाललाई रवीन्द्र मिश्रले पाँच वर्षको सहयात्रा सम्झिएका छन् ।

उनले समाजिक संजाल फेसबुकमा हमाललाई बधाई दिँदै धनगढी देशकै लागि नमूना बनोस् भन्ने कामना गरेका छन् । विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक रहेका हमालले उक्त पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

पुरानो दिन सम्झदै मिश्र लेख्छन्- झण्डै ५ वर्ष सहयात्रा गर्यौं। तपाईंकै नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लामा भ्रष्टाचारविरोधी यात्रा गर्यौं। पार्टीहरूप्रतिको वितृष्णाले स्वतन्त्र उठ्न चाहनुभयो। शानदार जित हासिल गर्नुभयो। तपाईंलाई बधाई अनि सफल कार्यकालको शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर