स्थानीय चुनावमा विवेकशील साझाको पहिलो जित- रूस्तम बने फेटा गाउँपालिका अध्यक्ष – Nepal Press

स्थानीय चुनावमा विवेकशील साझाको पहिलो जित- रूस्तम बने फेटा गाउँपालिका अध्यक्ष

काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो पालिका अध्यक्ष पाएको छ ।

मधेस प्रदेशको बारा जिल्ला फेटा गाउँपालिका अध्यक्षमा विवेकशील विजयी भएको हो ।

अध्यक्षका उम्मेदवार रुस्तम अंसारी ४४८५ मत ल्याएर विजयी भए । नेकपा एमालेका अमिरीलाल प्रसादले २३९९ मत पाए

यस्तै उपाध्यक्षमा पनि विवेकशीलकै निलम शाह विजयी भएकी छन् । उनले ३५७० मत पाइन् । एमालेका कमरुन खातुनको २३३३ मत रह्यो ।

पालिकामा रहेका सात मध्ये विवेकशीलले दुई वडामा आफ्नो जित दर्ता गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर